नेपाललाई आपतकालिन सहयोगको जरुरी छ : डब्लुएचओ

एजेन्सी

शनिबार, ०१ जेठ २०७८, १२ : ५७
नेपाललाई आपतकालिन सहयोगको जरुरी छ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले नेपालसहितका देशहरु संक्रमणसँग जुध्न उच्च संघर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, ‘डब्लुएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिनेछ ।’

प्रतिक्रिया दिनुहोस