नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १७ : ०१
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

file-photo

काठमाडौं । नयाँ सरकार बनाउन दिएको समयको डेडलाइन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा पाँच बजे बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।साहका अनुसास भौतिक दूरी कामय गरेर बैठक बस्न लागिएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा गएर भेटवार्ता गरेका थिए ।

देउवा र उनीबीच समयमै बहुमतीय सरकारका लागि दावी पेस गर्ने सहमति बनेको थियो ।  । तर, अहिलेसम्म विपक्षी गठबन्धनका पक्षमा बहुमत देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस