हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

रासस

विहीबार, ३० बैशाख २०७८, १६ : ३५
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं ।हिमालय बैंक र नेपाल इन्भेष्टमेण्टबीच मर्जसम्बन्धी समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ ।इन्भेष्टमेण्ट बैंक तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुल्सीराम गौतमले हस्ताक्षर गरेका छन् ।

यी बैंकहरू एकआपसमा गाभिएसँगै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेका छन् । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि’ हुने र संचालक समितिको अध्यक्षको रूपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोकशमसेर राणा रहने सहमति भएको छ ।

त्यसैगरी मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुवै बैंकको तर्फबाट ३र३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले एक स्वतन्त्र संचालकको नियुक्ति गरी ७ जनाको संचालक समिति निर्माण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस