काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदको भेला बोलाएका छन् ।
भक्तपुरको एक होटलमा भएको भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएका छन् । जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । उपेन्द्र यादव पक्षमा ४० प्रतिशत अर्थात् १३ सांसद पुग्न नदिने प्रयासमा महन्थ ठाकुर लागेका छन् । महन्थ ठाकुर पक्षमा सांसदको संख्या अझै बढ्ने र उपेन्द्र यादव पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत सांसद कुनै हालतमा पुग्न नदिने महन्थ ठाकुर पक्षका एक नेताले बताए ।
उपेन्द्र यादव पक्षले सांसदहरूलाई घरघरमा गएर आफू पक्षमा आउन दबाब दिएका छन् । भक्तपुरको होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरूले उपेन्द्रलाई पार्टी फुटाउनबाट रोक्ने र ४० प्रतिशत सांसद बनाउन नदिने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर