महन्थ ठाकुरले बोलाएको भेलामा १९ सांसद सहभागी, उपेन्द्रतर्फ ४० प्रतिशत सांसद पुगेन

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १५ : ४१
महन्थ ठाकुरले बोलाएको भेलामा १९ सांसद सहभागी, उपेन्द्रतर्फ ४० प्रतिशत सांसद पुगेन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदको भेला बोलाएका छन् ।  

भक्तपुरको एक होटलमा  भएको भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएका छन् । जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । उपेन्द्र यादव पक्षमा ४० प्रतिशत अर्थात् १३ सांसद पुग्न नदिने प्रयासमा महन्थ ठाकुर लागेका छन् । महन्थ ठाकुर पक्षमा सांसदको संख्या अझै बढ्ने र उपेन्द्र यादव पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत सांसद कुनै हालतमा पुग्न नदिने महन्थ ठाकुर पक्षका एक नेताले बताए । 

उपेन्द्र यादव पक्षले सांसदहरूलाई घरघरमा गएर आफू पक्षमा आउन दबाब दिएका छन् । भक्तपुरको होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरूले उपेन्द्रलाई पार्टी फुटाउनबाट रोक्ने र ४० प्रतिशत सांसद बनाउन नदिने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस