काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वितिय संस्थाहरु बन्द नगर्ने बताएको छ । कोभिड १९ का कारण पूर्व बैंकर निरज श्रेष्ठको निधनले त्रासका बढेको भन्दै १ साताका लागि बैंकिङ सेवा ठप्प पार्ने विषयमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ छलफल भइरहेको भन्ने खबर बाहिरिएपछि राष्ट्र बैकले यस्तो बताएको हो ।
बैंकहरु बन्द गर्ने विषयमा अहिलेसम्म कुनै पनि छलफल नभएको र बन्द गर्न नमिल्ने नेपाल राष्ट्र बैंक र बैंकर्स संघको भनाई छ ।
सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले बैंक बन्द गर्ने विषयमा कुनै पनि छलफल नभएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकहरु बन्द गर्दा आयात निर्यात लगायतका अत्यवाश्यक वस्तुको कारोबार तथा आयात ठप्प हुने भएकाले त्यस्तो गर्न नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।‘बैंकका १ तिहाई शाखा र २० प्रतिशत कर्मचारीको उपस्थितिमा बैंक सञ्चालचन गर्न हामीले निर्देशन दिएकाले त्यसरी नै बैंकहरु सञ्चालन भइरहेको छ । सरकारले अतिवाश्यक सेवाभित्र राखेकाले सरकारको निर्णयविना हामीले केही गर्न सक्दनौं,’ ढकालले बताए ।
पूर्व बैंकर निजर श्रेष्ठको निधनको खबरले बैकर्समा त्रास बढेपनि बैंकिङ सेवा भने बन्द गर्न नमिल्ने उनी बताउँछ । ‘बैकिङ सेवा बन्द गर्दा आयात निर्यात तथा अतिवाश्यक बस्तुको खरिद बिक्रीमा समेत असर गर्छ । सतर्कताका साथ यो क्षेत्रलाई अगाडी बढाउनुपर्ने बाध्यता छु’ ढकालले बताए ।
नेपाल बैंकर्सका अध्यक्ष भुवन दाहाल राष्ट्र बैंकको निर्देशननुसार नै बैंकिङ सेवा सञ्चालन हुने बताउँछन । उनले बैंकिङ क्षेत्र बन्द गर्ने कुनै पनि सोच नरहेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० बैशाख २०७८, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी