जेठ २ मा फर्कन केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ : रघुजी पन्त

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १४ : २४
जेठ २ मा फर्कन केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमाले माधव नेपाल समुहका नेता रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओली आफ्नो शर्त मान्न तयार भए सहमति गर्न तयार हुने बताएका छन् ।

नेपाल समूहको स्थायी कमिटीका नेताहरुको भर्चुअल माध्यमबाट भएको बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै पन्तले यस्तो बताएका हुन् । ‘हाम्रो माग सबै कमिटीहरु २ जेठ २०७५ को अवस्थामा फर्कनुपर्छ भन्ने हो । यसमा केपी ओली तयार हुन्छन् भने सहमति हुन्छ,’ उनले भने । तर २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी फर्कन्छ भन्ने इमान्दार सहमति गरिनुपर्नेमा बैठकमा सहभागी नेताहरुले जोड दिएका छन् ।

‘तलदेखि माथिसम्मको कमिटीहरु पूर्ववत् अवस्थामा फर्कंदा पार्टी एकता जोगिन्छ,’ नेता पन्तले भने ।

तर जालझेलका निम्ति ल्याएको एकताको प्रस्ताव ल्याइएको हो भने त्यो मान्ने नहुने पन्त बताउँछन् । बिहान बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ । कारबाही फिर्ता गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसँग टेलिफोन संवाद गरी भेटवार्ताको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस