झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकामा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु
दाङ र कैलालीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु