काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६२ हजार ४०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ३७ लाख २ हजार ८३२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९७ लाख २८ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख १६ हजार ४५ छ ।
यस्तै त्यहाँ एकैदिन ४१ सय २६ संक्रमितको मृत्यु भएको छ ।
दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ५८ हजार ३५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३० बैशाख २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै