चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २४८ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र पुरानो मेडिकल कलेजमा ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप २३१ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा १९९, खैरहनी नगरपालिकामा ७, माडीमा ६, रत्ननगरमा ११, राप्तीमा ५, कालिकामा २ र इच्छाकामना गाउँपालिकामा १ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु