चितवनमा कोरोनाबाट १० जनाको मृत्यु, २४० जनाको आईसियूमा उपचार हुँदै

सफल खबर संवाददाता

मंगलबार, २८ बैशाख २०७८, १६ : ५२
चितवनमा कोरोनाबाट १० जनाको मृत्यु, २४० जनाको आईसियूमा उपचार हुँदै

चितवन । पछिल्लो २४ घन्टामा चितवनका अस्पतालहरुमा १० जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जना गरी १० जनाको मृत्यु भएको छ ।

चितवनका अस्पतालहरुमा कोरोनाका २४० जना बिरामी आइसियु कक्षमा रहेका छन् । यहाँका अस्पतालका भेन्टिलेटरमा ४९ जना कोरोनाका बिरामी छन् । एचडीयूमा ६३ जनाको उपचार भइरहेको छ । जिल्लाका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिएका छन् । उनले चितवनका विभिन्न अस्पतालबाट ४४ जना कोरोनाका बिरामी निको भएर घर फर्केका बताए । 
 

कति पुगे चितवनमा कोरोना सङ्क्रमित ?
चितवनमा पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिकामा २२०, खैरहनी नगरपालिकामा १२ जना, माडी नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १८, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा १० र इच्छा कामना गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा जम्मा संक्रमितको संख्या १० हजार १९९  पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस