माधव नेपाल समुहका दुई सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिए

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, ११ : ०८
माधव नेपाल समुहका दुई सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिए

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र कलिला  खातुन रहेका छन् । 

बैठकबाट बाहिरिने क्रममा उनीहरुले बैठक सांसदबाट सामूहिक राजीनामा दिने निर्णय भएको प्रतिक्रिया दिँदै आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए । 

प्रतिक्रिया दिनुहोस