तीन संस्थाले पत्रकार महासंघ चितवनलाई दिए स्वास्थ्य सामग्री

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १८ : ५६
तीन संस्थाले पत्रकार महासंघ चितवनलाई दिए स्वास्थ्य सामग्री

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखालाई  तीन वटा संघ संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एकरएक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन् ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा आयोजित संक्षित कार्यक्रममा महासंघका अध्यक्ष नारायण अधिकारीलाई सामग्री हस्तान्तरण गरे । सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवि सुवेदी, सदस्यहरु सिरिष पन्त र विकास थापाको उपस्थिति थियो । महासंघका सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली कार्यक्रममा सहभागी भएका थिए।

यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघका प्रेस सल्लाहकार नियुक्त गरिएको थियो । कार्यक्रममा महासंघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टले महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुरे। सो अवसरमा डिष्ट्रिक कोअर्डिनेटर, दिननाथ न्यौपाने, लायन्सका कोभिड प्रोटेक्सन टिमका संयोजक सिद्धार्थलाल चुके, क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मा, लायन्स लिडरहरु कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, सुरेश श्रेष्ठ, शिव पण्डित, बालगोपाल चुके र प्रशान्तकुमार पियाको उपस्थिति रहेको थियो ।

महासंघले प्राप्त सामग्री आजैबाट सदस्यहरुलाई वितरण थालेको छ । यी सामग्री एक लाख ५० हजार रुपैयाँ बराबरका रहेका छन् । सामग्री कोरोना माहामारीको समयमा अग्रभागमा रहेर सूचना प्रवाह गर्नुपर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षामा सहयोगी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस