सहमति र एकताको सम्भावना सकिएको छैन :  अर्थमन्त्री पौडेल

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १७ : ०९
सहमति र एकताको सम्भावना सकिएको छैन :  अर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा एमालेका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले  सामूहिक राजीनामा नआउने विश्वास व्यक्त गरेका छन् । सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले सहमति र एकताको सम्भावना नसकिएको बताएका हुन् । ‘माधवजीहरू जहाँ पुग्नुभएको छ त्यहीँ रोकिएर सहमतितर्फ एककदम फर्कनुपर्छ ।

सामूहिक राजीनामा भनेको आत्मदाहको बाटो हो । विनाशको बाटो हो । त्यो बाटो हिड्नुहुँदैन भन्ने लाग्छ’, पौडेलले भने ।
 
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । 

उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेताहरु नेम्वाङ र पौडेललाई खटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस