काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आइतबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित लेखा समितिमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो।
वार्तामा ओलीका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ तथा नेपालका तर्फबाट नेपाल आफै बसैका थिए।
तर केहीबेरमै सकिएको वार्तामा नेकपा एमालेलाई बचाउन र यसमा एकतावद्ध हुनका लागि विचार गर्ने धारणा नेता नेपालले व्यक्त गरेर निस्किएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। वार्तामा सहमति भयो या भएन त्यसबारे नेपाल पक्षले मुख खोलेको छैन।
वार्ता आधा घण्टामा टुंगिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ बैशाख २०७८, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता
नेकपा-जसपा एकता वार्ता सकारात्मक, भोलि निर्णायक छलफल हुने