काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच पार्टी एकता वार्ता सकारात्मक मोडमा पुगेको छ ।
दुवै दलका प्रतिनिधिहरूबीच बिहिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए ।
बुधबारको छलफलमा नेकपाकातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेतको सहभगिता थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १९ : १९
लेखकबाट थप