कोभिडले सिर्जना गरेको प्रभाव

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १६ : १६
कोभिडले सिर्जना गरेको प्रभाव

चितवन । भनिन्छ कि विकास र विनाश एक अर्काका पर्यायवाची एवं परिपुरक विषयहरु हुन । यिनीहरुबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । संसारको इतिहासलाई केलाएर हेर्ने हो भने बिज्ञानको चमत्कार र विकासलाई चुनौती दिने विषय हो विनाश । त्यही फलस्वरुप हाल कोरोना भाईरसले संसारलाई नै आतंकित बनाउनुका साथै अप्ठ्यारो स्थिती सिर्जना गरिरहेको छ ।

Yeti Diistillery Tansen Cement box

विगतमा पनि विश्व स्वास्थ्य संगठनले सन २००९ मा स्वाइन फ्लु, सन २०१४ मा पोलियो, सन २०१६ मा जिका, सन २०१९ मा ईबोला भाईरसले संक्रमण गरि ५ पटकसम्म आपतकाल घोषणा गरेको थियो । हाल २०१९ डिसेम्बर ३१ मा चीनको बुहानबाट पहिलोपटक यस भाईरस देखा प¥यो । यसको बैज्ञानिक नाम  2019Ncov राखिएको छ । यो नयाँ भाईरस सिभियर एक्युट रिस्पेरेटरी सिन्ड्रोम सार्स उत्पन्न गर्ने एक प्रकारको भाईरस हो । २०१९ डिसेम्बर ३१ मा चिनको बुहानमा पहिलोपटक  देखिएको भाईरसले २०२० जनवरि ९ मा पहिलोपटक चिनमा नै मानिसको मृत्यु भएको थियो एवं विश्व स्वास्थ्य संगठनले २०२० जनवरी ३० मा विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा ग¥यो ।

२०२० फेब्रअरी १४ मा अफ्रिकी राष्ट्र ईजिप्टमा पहिलोपटक एवं फेब्रअरी २६ मा ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा पहिलोपटक यस भाईरस देखा प¥यो । मार्च १९ मा WHO ले विश्वव्यापी महामारिको घोषणा ग¥यो । नेपालमा भने चिनको बुहान युनिर्भसिटिमा अध्ययन गरेर फर्किएका ३२ बर्षिय नेपाली पुरुषमा समेत २०२० जनवरी २३ मा यस भाईरस देखा परेको थियो । हाल दोस्रो भेरियन्टको कोरोना भाईरस विश्वव्यापी रुपमा फैलिईरहेको छ ।

भनिन्छ कि मानिस स्वाभावैले स्वतन्त्र एवं बौद्धिक प्राणि हो । आफ्नो स्वतन्त्रतामा रमाउदै अन्य पृथ्विका जैविक र अजैविक तत्वहरुलाई समेत आफ्नो नियन्त्रणमा राखि मानविय चरित्र प्रदर्शन गर्न चाहन्छ मानव तर आज ठिक त्यसको उल्टो अवस्था सिर्जना भएको छ । हिजो स्वतन्त्ररुपी मानव समुदाय आज बन्धनमा बाधिएर पिन्जडाको सुगासरह दैनिकी गुजार्न बाध्य भएको छ । प्रकृति र मानवविचको अनोनयाश्रित सम्बन्ध बिग्रदै गएको छ । मानव केवल मानव भएर बस्नुको सट्टा जिवजन्तुसरहको अवस्था विताउन बाध्य भएका छन भने जिवजन्तुहरु खुल्ला र स्वतन्त्र ढंगबाट रमाईरहेका छन । पक्कै पनि जिवजन्तुलाई भान हुदो हो कि हामी नै यस पथ्वीका मालिक हौ हाम्रो नियन्त्रणमा मानिसहरु छन किनकि उनिहरु थुनिएर जन्जिरभित्र छन हामी स्वतन्त्र एवं खुलेआम रुपमा हिडडुल गर्न पाईरहेका छौ । 

भनिन्छ कि मानिस स्वाभावैले स्वतन्त्र एवं बौद्धिक प्राणि हो । आफ्नो स्वतन्त्रतामा रमाउदै अन्य पृथ्विका जैविक र अजैविक तत्वहरुलाई समेत आफ्नो नियन्त्रणमा राखि मानविय चरित्र प्रदर्शन गर्न चाहन्छ मानव तर आज ठिक त्यसको उल्टो अवस्था सिर्जना भएको छ । हिजो स्वतन्त्ररुपी मानव समुदाय आज बन्धनमा बाधिएर पिन्जडाको सुगासरह दैनिकी गुजार्न बाध्य भएको छ । प्रकृति र मानवविचको अनोनयाश्रित सम्बन्ध बिग्रदै गएको छ । मानव केवल मानव भएर बस्नुको सट्टा जिवजन्तुसरहको अवस्था विताउन बाध्य भएका छन भने जिवजन्तुहरु खुल्ला र स्वतन्त्र ढंगबाट रमाईरहेका छन । पक्कै पनि जिवजन्तुलाई भान हुदो हो कि हामी नै यस पथ्वीका मालिक हौ हाम्रो नियन्त्रणमा मानिसहरु छन किनकि उनिहरु थुनिएर जन्जिरभित्र छन हामी स्वतन्त्र एवं खुलेआम रुपमा हिडडुल गर्न पाईरहेका छौ । भनिन्छ नि हरेक कुराको सकारात्मक एवं नकारात्मक असर तथा प्रभावहरु रहन्छ । हाल कोरोना भाईरसले डर त्राश एवं भयको स्थिती सिर्जना गरेको छ । अर्थतन्त्रका अधिकांश सुचकहरुमा गिरावट आएको छ । विश्वव्यापी रुपमा पुँजिबजारहरु घट्दो क्रममा रहेको छ ।  उत्पादनशिल क्षेत्रमा लगानि ठप्प भएको छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र तथा होटल व्यवसायहरु बन्द अबस्थामा रहेका छ । जनता सार्वजनिक सेवा प्रवाहबाट बंचितिकरणमा परिरहेको अवस्था छ । उच्च शिक्षा हासिल गर्देै गरेका बिधार्थी भाईबहिनिहरुको शैक्षिक गतिबिधिहरु प्रभावित भएको छ ।

कृषि क्षेत्रमा ठुलो असर परिरहेको छ । किसानको उत्पादनले बजार नपाँउने अवस्था छ । बैदेशिक रोजगारमा शारिरिक एवं मानसिक श्रम बेच्ने लाखौ श्रमिकहरु स्वदेश फर्कन नपाएर मानसिक तनावमा सात समुन्द्रपारि दैनिकि गुर्जानुपर्ने अवस्था सिर्जना भएको छ । विश्वव्यापी रुपमा मानसिक रोगिहरु ब्ढिरहेका छन । मानिस मानिस भएर बाच्ने स्वतन्त्रता एवं खुल्लापनबाट बञ्चितिकरणमा परेको अवस्था सिर्जना भएको छ ।  आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा बिचलन आएको छ । हत्या, हिसां, आतंक, चोरि, भय, सामाजिक बिकृतिका घटनाहरुले प्रश्रय पाईरहेका छन । प्रकृति र मानविय सम्बन्ध एवं जैविक अन्तरसम्बन्धमा आँच आएको छ । गरिबि एवं बेरोजगारिको दुस्चक्रबाट विश्वव्यापी समुदाय गुज्रिरहेको अवस्था छ । अर्थतन्त्र नकारात्मक दिशामा गई कतै आर्थिक मन्दि वा विश्वव्यापी मन्दि हुने त होईन भन्ने प्रश्न आज आम विश्व समुदायमा उठिरहेको छ । विश्वका विकसित तथा विकशिल राष्ट्रहरुको आर्थिक बृद्धि ऋणात्मक हुदै गईरहेको विभिन्न प्रक्षेपणहरुले देखाईरहेको छ । बैदेशिक ऋणको अनुपात समेत बढिरहेको अवस्था छ । 

यसले नकारात्मक मात्र नभएर सकारात्मक प्रभाव पनि पारेको छ । प्राकृतिक सुन्दरतामा बृद्धि भएको छ , वातावरण हराभरा भएको छ जसले गर्दा दिगो विकासको सन्तुलन व्यवस्थित हुदै गएको छ । औधोगिक रुपमा उत्र्सजन हुने कार्वनमोनोअक्साईड जस्ता ग्यासहरुको उत्र्सजन कम भई ओजन तहमा रहेको प्वाल समेत पुरिएको तथ्य सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण पुर्विय दर्शनमा आधारित स्वागतको लागि अपनाईने नमस्कारको चर्चा हुन थालेको छ । मानिस प्रकृति प्रेमि हुन थालेका छन । हिजको आर्युवेदको रुपमा प्रयोग हुने जडिबुटिसँग मानिसको प्रेम बढिरहेको छ ।

यसले नकारात्मक मात्र नभएर सकारात्मक प्रभाव पनि पारेको छ । प्राकृतिक सुन्दरतामा बृद्धि भएको छ , वातावरण हराभरा भएको छ जसले गर्दा दिगो विकासको सन्तुलन व्यवस्थित हुदै गएको छ । औधोगिक रुपमा उत्र्सजन हुने कार्वनमोनोअक्साईड जस्ता ग्यासहरुको उत्र्सजन कम भई ओजन तहमा रहेको प्वाल समेत पुरिएको तथ्य सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण पुर्विय दर्शनमा आधारित स्वागतको लागि अपनाईने नमस्कारको चर्चा हुन थालेको छ । मानिस प्रकृति प्रेमि हुन थालेका छन । हिजको आर्युवेदको रुपमा प्रयोग हुने जडिबुटिसँग मानिसको प्रेम बढिरहेको छ ।

पृथ्वी नै हाम्रो साझा घर हो भन्ने सन्देश फैलिरहेको छ । नागरिक चेतनाको माध्यमबाट स्थानीय स्तरमा भएको स्रोत साधनको समुचित परिचालन हुदै गईरहेको छ । मानविय मर्यादा, सद्भाव, माया बढिरहेको छ । यति मात्र नभएर प्रविधिमैत्री सेवाप्रवाहमा मानिसहरु सहभागी भएका छन विधुत्तिय शासन प्रवाहको माध्यमबाट paperless government को अबधारणा लागु भएको छ । घरमै बसेर Online को माध्यमबाट विद्यार्थी भाईबहिनिहरु प्रबिधिमैत्री ढंगले शैक्षिक रुपमा ज्ञान हासिल गरिरहेका छन । विश्वव्यापी रुपमा नै Online Business हरु फस्टाईरहेका छन । हरेक राष्ट्रहरु आफै आत्मनिर्भर बन्नुपर्छ , आफुसँग भएको जल, जमिन, जंगल, जडिबुटि तथा जनशक्तिको प्रयोग गरि आन्तरिक रुपमा सबल बन्नुपर्छ भन्ने सन्देश समेत विश्वव्यापि रुपमा फैलिरहेको छ ।

आजको विश्वव्यापिकरण उदारिकरण एवं प्रविधियुक्त समयमा कुनै समस्या समस्या को रुपमा मात्र नभई एक चुनौति तथा अवसरको रुपमा देखा परेको हुन्छ । माल्थसले भनेजस्तो प्रकृतिले विभिन्न विनास ल्याउनुको पछाडि बैज्ञानिक कारण नै रहन्छ । त्यसकारण सबैले सकारात्मक सोचका साथ अगाडि बढ्दै आउने चुनौतिको सामना गर्नु आजको आवश्यकता हो । आफुसँग भएको स्थानीय स्रोतसाधनकै समुचित तथा न्यायोचित ढंगले प्रयोग गर्दै यस कोभिडको समस्यालाई बैज्ञानिक ढंगले हल गर्नुपर्दछ ।

सामाजिक सद्भाव , सामाजिक एकता नागरिक चेतना बढाउनुपर्दछ नकि सामाजिक संजालबाट अनावश्यक भ्रम फैलाएर होईन । सरकारले जनताको वरिपरि रहेर Touching the Heart Wining the Mind भन्ने सिद्धान्तअनुरुप यस दुखद घडिमा सार्वजनिक सेवा प्रवाह गर्दे अभिभावकिय भुमिका निर्वाह गर्नुपर्दछ । ताकि जनताले आधारभुत स्वास्थ्य सेवा प्राप्त गरुन । यस घडिमा जनाताले मौलिक हकको रुपमा रहेको स्वास्थ्य सम्बन्धी हक वापत प्राप्त हुने आधारभूत स्वास्थ्य सेवा निःशुल्क एवं आकास्मिक स्वास्थ्य सेवा समेत प्राप्त गर्नुपर्दछ । नेतृत्वले शासकिय बागडोर समाल्नको लागि फ्रन्ट लाईनमा रहने, कर्मचारीतन्त्र शासन विकास र सेवाप्रवाहमा दत्तचित्त रहने, पत्रकार चौथो अंगको रुपमा रहदै सन्देशमुलक र सकारात्मक समाचार संकलन तथा प्रवाह गर्ने, नीजि क्षेत्र अर्थतन्त्रको मुख्य संवाहक बनि सरकारसँग हातेमालो गर्दै अािर्थक परिचालनमा दत्तचित्त रहने एवं नागरिक समाज र समुदाय आफैमा चेतनशिल भई नागरिक चेतना फैलाउन सकेमा यस महामारिको चाडैनै अन्त्य हुन सक्दछ । 

अन्त्यमाः
नीतिमा मात्र होईन नियतमा परिवर्तन हुनु आवश्यक छ । संस्कार होईन संरचनामा परिवर्तन हुनु आवश्यक छ । स्वरुपमा मात्र होईन स्वभावमा परिवर्तन हुनु आवश्यक रहेको छ । विगतको शिक्षा, वर्तमानको ईच्छा र भविष्यको आकांक्षालाई सार्थक हुनेगरि काम गर्नु आजको आवश्यक्ता हो । जसबाट चाडैंनै यस महामारिको अन्त्य हुनेछ ।

    
 

प्रतिक्रिया दिनुहोस