चितवनमा कोरोनाबाट १४ जनाको मृत्यु, ३९२ संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, २५ बैशाख २०७८, १७ : ३२
चितवनमा कोरोनाबाट १४ जनाको मृत्यु, ३९२ संक्रमित थपिए

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा चितवनका ४ र नवलपुरका २ गरी ६ जनाको मृत्यु भएको छ भने चितवन मेडिकल कलेजमा अर्घखाँची र चितवनका गरी दुई जनाको मृत्यु भएको छ । यस्तै पुरानो मेडिकल कलेजमा दाङ, चितवन र नवलपरासी गरी ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ ।

चितवनमा थप ३९२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको हो। चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा कोरोनाका बिरामी १३७ जना आइसियुमा र २९ जना भेन्टिलेटरमा रहेका छन् । चितवनका अस्पतालमा कोरोनाका ३५६ जना बिरामीको उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस