चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु, अझै ११ जना भेन्टिलेटरमा

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १७ : १२
चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु, अझै ११ जना भेन्टिलेटरमा

चितवन । पछिल्लो २४ घन्टामा चितवनमा उपचाररत रहेका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँका अस्पतालमा अझै ११ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा ३ जना संक्रमितको मृत्यु भएको हो ।  

चितवनका अस्पतालमा ६५ जना कोरोना संक्रमितको आइसियू कक्षमा उपचार भइरहेको छ । ३७ जनाको एचडियु कक्षमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार २७२ जना संक्रमितको चितवनमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस