डोटी । यहाँ कोरोना सङ्क्रणका कारण आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।केही दिनपहिले कोरोना परीक्षण गर्दा उनको पिसिआर पोजेटिभ देखिएको थियो ।
उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए ।उनीसहित कोरोना भाइरसको सङ्क्रणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हुन् । शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ बैशाख २०७८, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै