एजेन्सी । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा शुक्रबार ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ ।
भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन् । २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।
३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ । संक्रमण रोकथामका लागि केन्द्र, प्रदेश सरकारले विभिन्न उपाय अपनाएपनि संक्रमणको संख्या दिन प्रति दिन उकालो लाग्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ बैशाख २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’