एजेन्सी । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा शुक्रबार ४ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,९१५ जनाको मृत्यु भएको छ ।
भारतको कूल संक्रमित संख्या २ करोड १४ लाख ९१ हजार पुगेको छ । १ करोड ७६ लाख जना निको भएका छन् । २ लाख ३४ हजारभन्दा बढीको भाइरसले मृत्यु भएको छ ।
३६ लाख ४५ हजार सक्रिय संक्रमित संख्या पुगेको छ । दुईदिन देखि भारतमा लगातार ४ लाखभन्दा माथ संक्रमित थपिएका छन् । भारत अहिले विश्वकै दोस्रो भाइरस प्रभावित मुलुक बनेको छ । संक्रमण रोकथामका लागि केन्द्र, प्रदेश सरकारले विभिन्न उपाय अपनाएपनि संक्रमणको संख्या दिन प्रति दिन उकालो लाग्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ बैशाख २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा