चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, ११ : ५१
चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर

चितवन । कोरोना संक्रमणका कारण बिहीबार चितवनमा थप दुईजनाको मृत्यु भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालमा उपचार गराइरहेका दुईजनाको आज बिहान मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार कपिलवस्तुकी ६७ वर्षिय महिलाको विहान ८ बजेर ५ मिनेट जादा मृत्यु भएको हो । कोरोना भाइरसको लक्षण देखिएपश्चात उनी आजै बिहान चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन् । 

यस्तै मृत्यु हुनेमा गैडाकोट-२ नवलपरासी पुर्वका ७३ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ३ बजेर ३३ मिनेटमा निधन भएको मेडिकल कलेजले जानकारी दिएको छ । उनी यही बैशाख १९ गते अस्पतालमा भर्ना भएका थिए ।