कर्णालीमा कोरोना रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गर्छु : वनमन्त्री आले

सफल खबर संवाददाता

बुधबार, २२ बैशाख २०७८, १६ : ४७
कर्णालीमा कोरोना रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गर्छु : वनमन्त्री आले

file-photo

कर्णाली । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Yeti Diistillery Tansen Cement box

पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज टेलिफोन गरी जानकारी दिए ।

सो अवसरमा मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गरेको सचिव हेमन्त रेग्मीले बताए ।

वनमन्त्री आलेले आजै टेलिफोन गरेपछि कर्णाली प्रदेशका सबैै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ(आफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेका थिए । उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि गरेका थिए ।

नेकपा एमालेले सातै प्रदेशका लागि कोभिड फोकल पर्सन तोक्ने क्रममा वनमन्त्री आलेलाई कर्णालीको जिम्मेवारी दिएको छ । जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिकजसो जानकारी लिएका छन् । यसैगरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनै पनि जिल्लामा समस्या आइपरे तत्काल आफूलाई फोन गर्न सबैमा आग्रह गरेका छन् ।