प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण

पत्रपत्रिकाबाट

बुधबार, २२ बैशाख २०७८, ०६ : २१
प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण

काठमाडौँ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको कोरोना परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण देखिएको छ ।

१ लाख १० हजार ४ सय ९३ जनाको कोरोना परीक्षण क्रममा ४३ हजार ६ सय ३४ मा संक्रमण देखिएको हो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस