पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुँदै

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १६ : ५४
पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुँदै

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ । 

कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ । 

एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको उपचाररत अस्पतालले जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका खनाल थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत छन् । 

खनालमा कोरोना संक्रमण भएपछि शनिवार नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाललाई अक्सिजनमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस