चितवनमा २३३ जना संक्रमित बढे, २१६ जना उपचाररत, १२ जना भेन्टिलेटरमा

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १६ : ४४
चितवनमा २३३ जना संक्रमित बढे, २१६ जना उपचाररत, १२ जना भेन्टिलेटरमा

चितवन । पछिल्लो २४ घन्टामा चितवनमा २३३ जना कोरोना संक्रमित बढेका छन् ।

सोमबार १६६ जनामा कोरोना देखिएको थियो ।   स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनका विभिन्न अस्पतालमा यतिबेला २१६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । १२ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । ५२ जनाको आइसियुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

४१ जनाको एचडियुमा उपचार भइरहेको छ । चितवनमा हालसम्म आठ हजार ४४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । चितवनमा हालसम्म १२१ जनाले कारोनाको कारणले मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस