जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ ।पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उप -प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो ।
सोमबार माओवादी केन्द्रले जारी गरेको पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ?’
पार्टीका जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवले सोधेको स्पष्टीकरणको जवाफ तीनदिन दिनभित्र माग गरिएको छ ।उनीहरुले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही प्रक्रिया अगाडि बढाइने इन्चार्ज बरबरियाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ बैशाख २०७८, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण
उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग
जनमत पार्टीका दुई नेतासँग स्पष्टीकरण माग
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण