माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १३ : ४९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठक बस्ने भएको छ । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको जानकारी दिए ।

बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए । अर्का स्थायी कमिटी सदस्य देव गुरुङले औपचारिक बैठक नभइ अनौपचारिक छलफल भएको बताए ।समसामयिक राजनीतिक विषयमा छलफल हुने गुरुङले बताए।


 

प्रतिक्रिया दिनुहोस