धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे २ बजे तथा पुरुषको सोमबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यसैगरी, दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का ६६ वर्षीय पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । ति पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा मृत्यु भएको हो ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । उनको एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यस्तै, बझाङका २६ वर्षीय पुरुषको सोमबार राति साढे १० बजे मृत्यु भएको हो । उनको यही वैशाख १४ गते एन्टिजेनबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २१ बैशाख २०७८, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै