काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइने

पत्रपत्रिकाबाट

मंगलबार, २१ बैशाख २०७८, ०८ : १९
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइने

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइने भएको छ । यसबारेमा आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल हुने बताइएको छ ।

Yeti Diistillery Tansen Cement box

थप एक साताका लागि लम्ब्याइने निषेधाज्ञामा अझै कडाई गरिने प्रसाशनले जनाएको छ । कोरोना महामारीको संक्रमण फैलिने क्रम बढेसँगै अस्पतालमा बेड अभाव सुरु भइसकेको छ । यसै समस्यालाई मध्यनजर गर्दै उपत्यकाको निषेधाज्ञा थप कडाइका साथ लम्ब्याइने जनाइएको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस