कैलाश कप फुटबल : रामपुर र शक्तिखोर फुटबल क्लब विजयी

आइतबार, १८ चैत्र २०७४, १८ : ५०
कैलाश कप फुटबल : रामपुर र शक्तिखोर फुटबल क्लब विजयी

भरतपुर । भरतपुर ११ कैलाश टोलमा जारी कैलाश कप फुटबलको आज (आईतबार) भएको पहिलो खेलमा रामपुर फुटबल क्लबले जित हात पारको छ । समूह बी अन्तरर्गत भएको पहिलो खेलमा रामपुर फुटबल क्लबले नारायणी फुटबल क्लब लिलाचोकलाई ७–० गोल अन्तरले पराजित गरेको हो । दुबै टिमले खेलको पहिलो हापमा कुनै पनि गोल गर्न सकेनन् ।

खेलको दोस्रो हापको दोस्रो मिनेटमा  रामपुरका लागि बिमल तमाङले पहिलो गोल गर्दै रामपुरका लागि खाता खोलेका थिए । त्यस्तै खेलको ३ औ, ८ औ, १८ औ, २३ औ, २७ औ र ३१ औ मिनेटमा क्रमश ः अश्बिन तमाङ, विमल तमाङ, दिपक भूजेल, गजेन गुरुङ, अश्बिन तमाङ र विमल तमाङले गोल गरेका थिए । सो खेलमा हयाट्रिक गरेका विमल तमाङ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै आज भएको समुह ए को दोस्रो खेलमा शक्तिखोर फुटबल क्लब शक्तिखोरले एभरेष्ट फुटबल क्लब बसेनीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । शक्तिखोर फुटबल क्लबका सुरेश कुमालले खेलको पहिलो हापको १३ औ ,१५औ ,३० औं मिनेटमा ३ गोल गर्दै शक्तिखोरको लागि जित निकालेका थिए । एभरेष्टको तर्फबाट दोस्रो हापको १७ औ मिनेटमा पुर्ण दुराले १ गोल फर्काएका थिए । त्यसपछि एभरेष्टले कुनै पनि गोल गर्न सकेन । खेलमा शक्तिखोरका तर्फबाट हेयाट्रिक गरेका सुजन चौधरी म्यान अफ दि म्याच घोषीत भए । प्रतियोगितामा विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार ,शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । खेल अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्नेलाइ विद्यागत रुपमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस