लुम्बिनी प्रदेशसभा सदस्य  पाण्डेको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १३ : १८
लुम्बिनी प्रदेशसभा सदस्य  पाण्डेको राजीनामा स्वीकृत

रुपन्देही । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेको राजीनामा स्वीकृत भएको छ ।शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएलगत्तै पाण्डेले सभामुखसामु राजीनामा बुझाएका हुन् । सभामुख पूर्ण घर्तीले राजीनामा स्वीकृत गरेका हुन् ।

कपिलवस्तु २ क बाट निर्वाचित पाण्डेले हालको राजनीतिक परिस्थिति नियाल्दै हिजोकै मितिबाट लागू हुने गरी लिखित राजीनामा पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस