काँग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, १० : ४३
काँग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । सामाजिक सन्जालमार्फत शर्माले  संक्रमित भएको र डेरामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गर्दा आज विहान रिपोर्ट पोजेटिभ आएको हो । टेकु अस्पतालका चिकित्सक अनुप बास्तोलाको निर्देशनअनुसार औषधि सेवन सुरु गरेको उनले जानकारी दिएका छन् । उनले ट्वीटमा भनेका छन्, ‘लक्ष्यणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौं ।’

प्रतिक्रिया दिनुहोस