नेपालगन्ज । बाँकेमा फैलिएको कोरोना महामारीप्रति प्रदेश र संघीय सरकार संवेदनशील बन्न नसकेको गुनासो स्वास्थ्यकर्मीहरूले गरेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको ठूलो पंक्ति नै संक्रमित भएपछि मेडिकल टिम माग गरिए पनि नपठाइएको उनीहरूले बताए ।
‘बिरामीको चापलाई सीमित चिकित्सकले थेग्न सकिँदैन,’ भेरी अस्पतालका मेडिकल अधिकृत तथा फिजिसियन डा। राजन पाण्डेले भने, ‘महामारीलाई आपत्कालीन रूपमा सम्बोधन गरिनुपर्थ्यो । भनिरहेका छौं, कराइरहेका छौं तर केन्द्र र प्रदेश सरकारले ध्यान दिएका छैनन् । भेरी अस्पतालमा अहिले एउटै नर्सिङ स्टाफले ३० जनाभन्दा बढी बिरामी हेर्नुपरिरहेको छ । चिकित्सकहरूका अनुसार एक नर्सिङ स्टाफले एक जना बिरामीलाई हेर्नुपर्ने हो । आफू संक्रमित हुँदाहुँदै पनि उनीहरू ड्युटीमा खटिएका छन् ।
जनशक्ति अभाव भएकैले एक जनाले १६ घण्टासम्म खटिनुपरेको छ । ‘एउटा नर्सले दर्जनौंलाई हेर्नुपर्ने स्थिति छ । आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन् धेरै केयर चाहिन्छ,’ भेरी अस्पतालकै कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत शिला शर्माले भनिन्, ‘स्थिति धेरै गाह्रो भइसकेको छ । यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् बढेको छ ।’
अन्य बिरामी भएको भए एउटै नर्सिङ स्टाफले १५र२० जनासम्म बिरामी हेर्न सक्छन् । तर कोभिडका बिरामी संवेदनशील हुन्छन् । उनीहरूलाई अक्सिजन दिइरहनुपर्छ । सुईबाट औषधि दिनुपर्छ । ‘ज्वरो मापनदेखि अक्सिजन लेभलसम्म निगरानी गरिरहनुपर्छ,’ नर्सिङ अधिकृत शर्माले भनिन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश थापाले कोभिड वार्डको क्षमताभन्दा दुई गुणा बढी बिरामी भर्ना भएपछि थेग्न नसक्ने अवस्था आएको बताए । ‘कोभिड वार्ड १ सय ४२ बेडको छ । तर, क्रिटिकल बिरामी आएपछि बेड थपेर राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्थिति भयावह भइसक्यो । संक्रमित भएका स्वास्थ्यकर्मीले आराम गर्न पाएका छैनन् । बिरामीको सेवामै छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० बैशाख २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
भेरी अस्पतालमा उपचाररत जाजरकोट भूकम्पका घाइते घर फर्किन थाले
बाँकेमा उपचाररत भूकम्पका घाइते खतरामुक्त
भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप अभाव
भेरी अस्पतालमा सकियो रेबिजविरुद्धको खोप, उपचार प्रभावित