काठमाडौँ । लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।
उनले लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङले दिए राजीनामा
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दिए राजीनामा