ताप्लेजुङ । ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो ।
यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो । घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले जानकारी गराएको प्रजिअ पाण्डेले बताए । पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए ।
यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए । हाल ताप्लेजुङमा २१ जना सक्रिय सङ्क्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १८ बैशाख २०७८, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै