मकवानपुर । हेटौँडामा कार र मोटरसाईकल एक–आपसमा ठोक्किदा एक जनाको मृृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगरमा कार र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् । घाइते भएकी अर्यालको हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ बैशाख २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु