एजेन्सी । कोरोना कहर बढेसंगै छिमेकी देश भारतको विभिन्न प्रान्तको अस्पतालमा आगलागी हुँदा अहिले सम्म दर्जनौ संक्रमितसंगै अन्य बिरामीले मृत्युवरण गरेका छन् । त्यस्तै फेरी गुजरातको भरुचस्थित एक अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ ।
अस्पतालमा उपचाररत कोरोना भाइरसबाट संक्रमित बिरामीको आगलागीका कारण मृत्यु भएको हो । चार तले भवनमा रहेको अस्पतालमा आगलागी हुँदा ५० जना बिरामीको उपचार हुँदै थियो। समाचार संस्था पिटिआईका अनुसार राति (शनिबार बिहान) १ बजेतिर आगलागी सुरु भएको हो ।
अस्पतालमा रहेका बिरामीहरुलाई स्थानीय बासिन्दा र अग्नि नियन्त्रकको सहयोगमा निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।स्थानीय प्रहरी अधिकारीका अनुसार बिहान साढे ६ बजेसम्म आगलागीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको पिटिआईले जनाएको छ । अधिकांशको निशास्सिएर स्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ बैशाख २०७८, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा