आजको मौसम : केही स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, ०८ : ०२
आजको मौसम : केही स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसम प्रभावित भएको हो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थान र तराईका भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।


 

प्रतिक्रिया दिनुहोस