पछिल्लो २४ घन्टामा चितवनमा १५६ संक्रमित थपिए, ८ जना भेन्टिलेटरमा

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १६ : ४७
पछिल्लो २४ घन्टामा चितवनमा १५६ संक्रमित थपिए, ८ जना भेन्टिलेटरमा

चितवन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १५६ जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा भएको परीक्षणमा ८१ जना, चितवन मेडिकल कलेजमा ३८ जना, पुरानो मेडिकल कलेजमा ३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनका भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा गरी ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् भने यी अस्पतालमा २४ जना यतिबेला आइसिइयूमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस