पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १६ : ३६
पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसका ५ हजार ७ सय २७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

१५  हजार ९ सय १६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ९ सय २८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ८ सय १३ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । ३ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।


 

प्रतिक्रिया दिनुहोस