पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १६ : ३०
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २ हजार ४ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १ सय ६१, पर्सामा १ सय ५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४ सय ७३, बाँकेमा ४ सय २२ र दाङमा २ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २ सय भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा भने देशभर  ५७ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा ३३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६ सय ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ सय २८ जना निको भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८ सय १३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २ सय ८९ पुगेको छ । हालसम्म २४ लाख ७३ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस