निषेधाज्ञामा यस्तो देखियो चितवनको सुनसान दृश्य

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, ११ : ३२
निषेधाज्ञामा यस्तो देखियो चितवनको सुनसान दृश्य

चितवन । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न  चितवनमा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन शुक्रबार चितवनका सडकमा चहलपहल निकै घटेको छ ।  

चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ ।

निषेधाज्ञाको समयमा  अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखी ९ बजेसम्म मात्रै खुल्न पाउने भएका छन् ।

तरकारी , फलफुल, खाद्यान्न, माछा,मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री वितरण गर्ने पसल प्रत्येक दिन बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म मात्रै संचालन पाइने व्यस्था गरिएको छ । (तस्वीरमा हेरौं)

प्रतिक्रिया दिनुहोस