एजेन्सी । इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । भागदौडमा परी सयौँ मानिसहरु घाइते भएका छन् ।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन् ।
हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो । यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ बैशाख २०७८, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान