एजेन्सी । इजरायलमा एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा दर्जनौँ मानिसको मृत्यु भएको छ । हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका मानिसहरुबीच भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । भागदौडमा परी सयौँ मानिसहरु घाइते भएका छन् ।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन् ।
हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो । यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए। नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ बैशाख २०७८, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार