काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीको ‘सतित्व हरण’ भएको आरोप लगाएका छन् । जनमोर्चाका सांसद बिरामी भएर आईसीयूमा भर्ना भएको घटनामा उनले विभिन्न आशंका व्यक्त गरे ।
आज एक अन्तर्वार्तामा पौडलले भने, ‘राजमो नीति सिद्धान्तमा अड्ने पार्टी मानिएको थियो । तर, गण्डकीमा उसको सतित्व हरण भयो ।’बिरामी भनिएका सांसद खिमविक्रम शाहीको दुईथरि कोरोना रिपोर्ट आएकोमा विषयमा छानविन हुनुपर्ने उनले बताए । शाहीलाई सांसद पदमा एक मिनेट पनि राख्नु नहुने पौडेलको माग छ ।
‘बिरामीको किर्ते रिपोर्ट बनाएर आईसीयूमा लुकाइएको छ । त्यहाँ डेमोक्रेसीको माखोल उडाउने काम भयो । यस्ता अलोकतान्त्रिक षडयन्त्रको गम्भीर छानविन हुनुपर्छ ।’राजमोमाथि आफ्नो क्रेडिबिलिटी बचाउने चुनौती आइलागेको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ बैशाख २०७८, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति