काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले बताए ।
स्थायी कमिटीको मंगलबार बसेको बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ । ‘
यस्तै आफ्ना नागरिकलाई सुरक्षित भित्रिन दिने वातावरण बनाइ नेपाल–भारत सीमामा कडाई गर्न पनि सरकारसँग बैठकले माग गरेको छ।
बैठकले कोरोना उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्न सरकारलाई आग्रह गरेको छ। अक्सिजन, भेन्टिलेटर र आइसीयु, अत्यावश्यक स्वास्थ्य सामग्री र औषधिको व्यवस्थाको माग पनि बैठकले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ बैशाख २०७८, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै