प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

रासस

मंगलबार, १४ बैशाख २०७८, १३ : ३१
प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

लागोस । दक्षिणी नागइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीहरुले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी हमला गरेका थिए । सो हमलामा परी पाँच जना प्रहरी मारिएका छन् । 

सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । इमो राज्यका प्रहरी प्रवक्ताले उक्त राज्यमा रहेको सो प्रहरी चौकीमा ठूलो संख्यामा आएका बन्दुकधारीले हमला गर्दा पाँच जना प्रहरी अधिकारी मारिएको बताएका छन् ।

उनले सो चौकीबाट ती बन्दुकधारीहरुले आफ्ना केही साथीहरुलाई पनि जेलमुक्त गरेर लगेका बताए । यसअघि पनि सो प्रहरी चौकीमा उनीहरुले हमला गरेका थिए । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस