एजेन्सी । भारतमा कोरोनाभाइरसका संक्रमण दिनप्रति दिन बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ ।
बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ ।
बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ। सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १४ बैशाख २०७८, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
बंगलादेशमा आम चुनावको मिति घोषणा
शान्त बंगलादेश : हसिनामाथिको मृत्युदण्डपछि राजधानीमा सामान्य अवस्था
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको सजाय
शेख हसिना विरुद्धको फैसलाअघि बंगलादेशमा कडा सुरक्षा
बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु