प्रदेश नं १ मा २०२ सङ्क्रमित थपिए

रासस

सोमबार, १३ बैशाख २०७८, १९ : ५३
प्रदेश नं १ मा २०२ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७,  सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा,  इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ सङ्क्रमणमुक्त भएको छ । यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०५ रहेका छन् । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विगत केही दिनदेखि सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना सङ्क्रमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस