काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । सत्तारुढ नेकपा एमालेको एकल बहुमत रहेको प्रदेशमा रिक्त रहेका ३ मन्त्री र ७ जना राज्यमन्त्री नियुक्त गर्ने गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रदेशमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य भइरहेको छ । अब सात जना राज्यमन्त्री पनि थपिने छन्,’ स्रोतले भन्यो, ‘राज्यमन्त्रीका लागि मन्त्रालयहरूमा कार्यकक्ष व्यवस्थापनको काम धमाधम भइरहेको छ ।’ मौजुदा मन्त्रीसमेत रहेका मन्त्रालयहरूमा आइतबारदेखि राज्यमन्त्रीका लागि कार्यकक्षको व्यवस्थापन भइरहेको जनाइएको छ ।
तत्कालीन नेकपा दुई धारमा विभाजित भएपछि १० पुसमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका थिए ।
तीन मन्त्रीले राजीनामा दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीन वटै मन्त्रालय सम्हाल्दै आएका छन् । अब भने यी तीनवटै मन्त्रालयले नयाँ मन्त्री पाउने भएका हुन् । हेटौँडा–२ चौकिटोलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले राज्यमन्त्रीका लागि कार्यकक्ष व्यवस्था गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ बैशाख २०७८, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट