उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको सबै काम एक हप्ताका लागि बन्द

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ४२
उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको सबै काम एक हप्ताका लागि बन्द

काठमाडौं । कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेकका सबै काम एक हप्ताका लागि बन्द गरेका छन् । 

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै नागरिकतालगायत अन्य जिल्ला प्रशासनबाट हुने सेवाहरू एक साता बन्द हुनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भीडभाड कम होस् र मानिसहरू घरबाट बाहिर निस्कन पर्ने अवस्था पनि नहोस् भनेर यस्तो निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस